प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा आवेदन दिने अवधि असार ३० गतेसम्म लम्ब्याएको छ।
बैंकका अनुसार मागभन्दा बढी आवेदन परेमा भने तोकिएको मितिअगावै सूचना प्रकाशित गरी निष्काशन बन्द गरिनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ, जसको कुल मूल्य ३ अर्ब रुपैयाँ बराबर रहेको छ।
कुल निष्काशनमध्ये १८ लाख कित्ता (६० प्रतिशत) अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी १२ लाख कित्ता (४० प्रतिशत) अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको निष्काशनमध्ये ६० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत वा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत दिन सकिनेछ।
ऋणपत्रको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले बैंकलाई CARE-NP A- (Issuer Rating) प्रदान गरेको छ, जसले बैंक समयमै आफ्ना वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको संकेत गर्दछ।
यस ऋणपत्रबाट प्राप्त हुने ब्याज वार्षिक ६.२५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टा गरी लगानीकर्तालाई भुक्तानी गरिने बैंकले जनाएको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया