प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको १० वर्षे अवधि र वार्षिक ६.५ प्रतिशत ब्याजदर भएको ‘६.५ प्रतिशत प्राइम बैंक डिबेञ्चर, २०९३’ ऋणपत्रको बाँडफाँड सम्पन्न गरेको छ। बैंकले असार १६ गतेदेखि २३ गतेसम्म बिक्री खुला गरेको उक्त ऋणपत्र तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका लगानीकर्ताहरूबीच असार २९ गते बाँडफाँड गरेको हो।
यस ऋणपत्र निष्कशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने अनुमति प्राप्त गरेको थियो। कुल निष्काशित ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थालाई बिक्री गरिएको थियो भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो।
सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ रहेको छ।
उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले निर्वाह गरेको थियो।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया