आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको ७ वर्षे अवधिको, ८ प्रतिशत ब्याजदर भएको, रु. १ हजार अंकित मूल्यको ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ५ लाख कित्ता ऋणपत्र सूचीकृत गरिएको हो।
यस विषयमा नेप्से र कम्पनीबीच आवश्यक सम्झौता पनि सम्पन्न भइसकेको छ। नेप्सेका निर्णयअनुसार उक्त ऋणपत्र चैत २२ गते सूचीकृत गरिएको जनाइएको छ। दोस्रो बजारमा यस ऋणपत्रको कारोबार भोलि चैत २४ गतेदेखि सुरु हुनेछ। सूचीकरणपछि कम्पनीको आरटीएस सेवा ग्लोबल आइएमई क्यापिटलले सम्हाल्नेछ।


प्रतिकृया