प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्री खुला

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १६ गते
प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्री खुला
AdvertisementAds

प्राइम कमर्सियल बैंक लिमिटेडले आजदेखि ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र सार्वजनिक निष्काशनमा ल्याएको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र जारी गरेको हो। कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत उपलब्ध गराइएको छ। सार्वजनिक निष्काशनतर्फ छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

१० वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ।

लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि छिटोमा असार १९ गते बैंकिङ समयपछि बन्द हुनेछ। आवश्यक परे निष्काशन अवधि असार ३० गते बैंकिङ समयसम्म लम्बिन सक्नेछ।

यस ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

AdvertisementAds

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ। यसअघि नेपाल धितोपत्र बोर्डबाट बैंकले असार ३ गते उक्त ऋणपत्र निष्काशनका लागि अनुमति प्राप्त गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स