साउन १४ देखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै लक्ष्मी सनराइज बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ५ गते
साउन १४ देखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै लक्ष्मी सनराइज बैंक
AdvertisementAds

लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।

कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणका लागि छुट्याइएको छ। सार्वजनिक निष्काशनअन्तर्गतको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा साउन १९ गते बैंकिङ समयपछि बन्द हुनेछ भने आवश्यक आवेदन नपरेमा साउन २८ गते बैंकिङ समयपछि बन्द गरिनेछ।

यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स