एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ८९.०६ प्रतिशतले कम हो। अघिल्लो वर्षमा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो।
बैंकको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ। यो वर्ष २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ मात्रै आम्दानी भएको छ, जुन गत वर्षको तुलनामा ७.१४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यो आम्दानी २ अर्ब ७४ करोड थियो।बैंकको सञ्चालन नाफा पनि ८८.७३ प्रतिशतले घटेको छ। बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको छ भने बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँमा कायम भएको छ।
साथै, बैंकको इम्पेयरमेन्ट चार्जमा ठूलो वृद्धि भएको छ। यो शुल्क ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ। बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ। प्रतिसेयर आम्दानी घटेर २ रुपैयाँ ९१ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसामा कायम भएको छ।







![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया