के के छन् नयाँ बन्ने एमाले कांग्रेस सरकारका एजेण्डा ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १८ गते
के के छन् नयाँ बन्ने एमाले कांग्रेस सरकारका एजेण्डा ?

सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र आलोपालो सरकार चलाउने दुई ठुला दलबिच सहमति भएको थियो । अहिले एमालेका मन्त्रीहरू राजीनामा दिन जाने तयारी गरिरहेका छन।

मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले राष्ट्रिय सहमतिको सरकार भनिएको आगामी सरकारले के के गर्ने भन्ने १५ एजेण्डा नेकपा एमालेका सांसद शेर बहादुर तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

यस्ता छन् एमाले र काँग्रेस बीचको सहमतीको खाका:
संविधान संशोधन
१. शासकीय स्वरुप परिवर्तन (प्रत्यक्ष निर्वाचित कार्यकारी वा प्रत्यक्ष निर्वाचित संसदबाटमात्र सरकार गठन),
२. निर्वाचन प्रणाली परिवर्तन,
३. दल दर्ता सम्बन्धि नयाँ ऐन,
४. दुई तहको संघीयता,
५. स्थानीय तहको संख्या ७५३ बाट घटाएर २५०-३०० बनाउने,
६. केन्द्रिय धेरै आयोगहरु खारेज गरि ती आयोगहरुको कार्यक्षेत्रलाई मानव अधिकार आयोगको विभाग बनाएर गर्ने ब्यबस्था मिलाउने,
७. राष्ट्रिय सभा : समानुपातिक समावेशी,
८. राष्ट्रियसभा अध्यक्ष : उपराष्ट्रपति,
९. संघीय मन्त्रीमण्डल १५ सदस्यीय,
१०. जिल्ला सदरमुकामले गर्ने सम्पुर्ण प्रशासनिक काम पालिका स्तरमा गर्ने ब्यबस्था गर्ने,
१२. काठमाडौ उपत्यकाका तीन वटै जिल्लालाई एउटै महानगर बनाई सन्चालन गर्ने,
१३. सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, धादिङ र नुवाकोटलाई सुरुङ्ग मार्गबाट जोडेर नयाँ स्याटलाईट शहर विकास गर्ने,
१४. सार्वजनिक पदमा बस्ने सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन,
१५. पिडितले न्याय पाउने प्रत्याभूति सहित न्यायालय सुधार।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स