कुमारी बैंकको नाफामा उल्लेखनीय वृद्धि

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ७ गते
कुमारी बैंकको नाफामा उल्लेखनीय वृद्धि

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड ८१ लाख रुपैयाँको खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा ३०८.५० प्रतिशतले बढेको छ। गत वर्ष बैंकले २६ करोड ३९ लाख रुपैयाँको नाफा कमाएको थियो।

बैंक खुद ब्याज आम्दानी ७.७५ प्रतिशतले घटेर २ अर्ब ८० करोड ६२ लाख रुपैयाँमा पुगेको छ,  जुन गत वर्ष उक्त आम्दानी ३ अर्ब ४ करोड थियो। सञ्चालन नाफा भने २५४ प्रतिशतले बढेको छ, तर वितरणयोग्य नाफा भने ऋणात्मक रहेको छ।  चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ, र यसको जगेडा कोषमा १५ अर्ब ४५ करोड रुपैयाँ जम्मा भएको छ।

साथै, बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १८ करोडबाट घटेर ६३ करोड ६ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १६.४४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २२ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स