नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणमा प्रकाशित गरेको छ। अघिल्लो वर्षको तुलनामा आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको खुद नाफा ५१.८० प्रतिशतले घटेको छ।
यस्तो छ बैंकको प्रमुख वित्तीय सूचकहरुको परिदृश्य:
खुद नाफा:
बैंकले अघिल्लो आर्थिक वर्षको आषाढ मसान्त सम्ममा ३ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो जुन गत आर्थिक वर्षको सोही अवधिमा ५१.८० प्रतिशतले घटेर १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
सञ्चालन मुनाफा:
बैंकको सञ्चालन मुनाफा ३५.१९ प्रतिशतले घटेर २ अर्ब ८० करोड पुगेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३३ करोड कमाएको थियो।
निक्षेप संकलन र कर्जा प्रवाह:
बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ। बैंकले चौथो त्रैमासिक सम्ममा २ खर्ब ८३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९७ अर्ब कर्जा प्रवाह गरेको छ।
जगेडा कोष:
आषाढ मसान्त सम्ममा बैंकको जगेडा कोषमा २२ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।
इम्पेयरमेन्ट चार्ज:
बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्ज छुट्याउनु पर्छ। यस अवधिसम्म बैंकको इम्पेयरमेन्ट चार्ज हावतै बढेको छ अघिल्लो वर्ष १ अर्ब १२ करोड रहेको इम्पेयरमेन्ट चार्ज अहिले बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। जसकारण बैंकको नाफा मा असर परेको हो ।
वितरणयोग्य मुनाफा:
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको वितरणयोग्य मुनाफा बढेको छ। असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य मुनाफा ७६ करोड ९३ लाख रहेको छ।
प्रतिसेयर आम्दानी :
असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ११. २८ पैसा र प्रतिसेयर नेटवर्थ २५७.५७ पैसा देखिएको छ।




















प्रतिकृया