आज शुक्रबार काठमाडौँका तीन ठाउँमा फरक समूहले प्रदर्शन गर्दैछन्। माइतीघरमा सहकारी पीडितको जारी प्रदर्शन, दरबारमार्गमा एमालेको जागरण सभा, र कोटेश्वरमा दुर्गा प्रसाईं समूहको प्रदर्शन हुनेछन्।
एमालेको र्याली भद्रकालीबाट सुरु भई सुन्धारा, वीर अस्पताल, रत्नपार्क हुँदै दरबारमार्ग पुग्नेछ। सुरक्षा व्यवस्थाका लागि ५ हजारभन्दा बढी नेपाल प्रहरी, सशस्त्र प्रहरी, र ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने छ ।
जनजीवन र ट्राफिक सहज बनाउन प्रदर्शन स्थलहरूबीच पर्याप्त दूरी राखिएको छ, र निरन्तर पेट्रोलिङसहित सुरक्षा व्यवस्था कडा पारिएको छ।





















प्रतिकृया