कतार सरकारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा विभिन्न जेलमा रहेका १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालयले यस उदार निर्णयका लागि कतार सरकारप्रति धन्यवाद प्रकट गर्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “आममाफी नेपाल–कतारबीचको द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको संकेत भएको छ र मानवीय आधारमा प्रदान गरिएको क्षमादानको उच्च कदर गरिएको छ।”
यस्तै, यसअघि नेपालले कतारलाई हालै २ वटा हात्ती उपहार दिएको थियो। हाल कतारमा करिब ५ लाख नेपाली काम गरिरहेका छन् भने, गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ नेपाली वैदेशिक रोजगारीका लागि कतार गएका थिए।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया