३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजनाले निर्माण सम्पन्न भएपछि परीक्षण उत्पादन सुरु गरेको छ।तुदी पावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा निर्माण भएको यो आयोजनाले बाँध, पानी थिग्य्राउने पोखरी, सुरुङ, र अन्य भौतिक संरचनाको परीक्षणपछि विद्युत् उत्पादन सुरु गरेको हो।
यस आयोजनाको अनुमानित लागत १४ अर्ब रुपैयाँ रहेको छ।राहुघाट बेसिनमा निर्माण सम्पन्न हुने यो पहिलो जलविद्युत् आयोजना हो, जसले नेपालको ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। अबको १५ दिनभित्र परीक्षण सकिने अपेक्षा गरिएको छ। परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ।




















प्रतिकृया