हुन्डाई नेपालले नेपालगञ्जमा सार्वजनिक गर्यो नयाँ क्रेटा इभी

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १० गते
हुन्डाई नेपालले नेपालगञ्जमा सार्वजनिक गर्यो नयाँ क्रेटा इभी

नेपालमा हुन्डाई सवारी साधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा ग्राहकहरूको अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ। कार्यक्रम स्थलबाटै ४ युनिट क्रेटा ईभी ग्राहकहरूलाई हस्तान्तरण गरियो भने थप ४ भन्दा बढी युनिटको बुकिङ कन्फर्म भएको छ, जसले यो क्षेत्रका उपभोक्तामाझ हुन्डाईप्रति गहिरो विश्वास रहेको पुष्टि गरेको छ।

नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीप्रति दुविधा राख्ने ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो हुने कम्पनीको विश्वास छ। धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टमा शंका हुने भए पनि हुन्डाईले देशमै क्रेटा आईसीई (पेट्रोल) मोडलको निर्माण थालिसकेको र क्रेटा ईभी तथा आईसीई मोडल दुवै एउटै प्लेटफर्ममा आधारित भएकाले सेवा र सपोर्टमा कुनै कमी नहुने बताएको छ। साथै, लक्ष्मी हुन्डाईले EV इकोसिस्टमलाई मजबुत बनाउन रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गर्दै आइरहेको छ, जसअन्तर्गत हाल देशभर ६६ वटा DC र AC चार्जर सुचारु भइसकेका छन्।

यसले गर्दा ग्राहकहरूले पेट्रोल र इलेक्ट्रिक दुवै गाडी खरिद गर्दा सेवा र पार्ट्समा सहजता प्राप्त गर्नेछन्। हुन्डाईको नेपालगञ्ज क्षेत्रमा रहेको एसेम्बली प्लान्टले यस क्षेत्रका ग्राहकहरूमा ब्रान्डप्रति बलियो विश्वास सिर्जना गरेको कम्पनीको भनाइ छ। कम्पनीले देशभरका डिलरहरूसँग उच्च व्यवस्थापन टोली मार्फत प्रत्यक्ष अन्तरक्रिया जारी राख्दै ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ। यसरी हुन्डाई नेपालले नेपालभरि उत्कृष्ट अटो ब्रान्डको रुपमा आफूलाई स्थापित गर्दै स्मार्ट र दिगो भविष्यतर्फको यात्रालाई अघि बढाइरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स