instainsta

कतारमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १० गते
कतारमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
AdvertisementAds

कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन कतारस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ। इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा हवाई हमला गरेपछि नेपाली दूतावासले यस्तो सूचना जारी गरेको हो।

सूचनामा नेपाली नागरिकलाई “वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ । नेपाली राजदूतावास, दोहा कतारमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौँ ।” भनेर उल्लेख गरिएको छ।

इरान–इजरायल तनाव चुलिँदै गएको बेला अमेरिकाले शनिबार इरानतर्फ आक्रमण बढाएपछि इरानले जवाफी हमला गरेको अधिकारीहरूले बताएका छन्। दोहामा रहेको अमेरिकी एयरबेसमा हवाई आक्रमणपछि क्षेत्रीय सुरक्षा स्थितिमा थप तनाव बढेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स