instainsta

तिहारमा फूल बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३२ स्थान

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २४ गते
तिहारमा फूल बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३२ स्थान
AdvertisementAds

आगामी तिहार पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले फूल बिक्रीका लागि ३२ स्थान तोकेको छ। महानगर प्रहरीले नेपाली किसानहरूले उत्पादन गरेका फूलहरू सहज रूपमा बिक्री–वितरण गर्नका लागि यी स्थानहरू निर्धारण गरेको हो।

महानगर प्रहरी बलका अनुसार, सरोकारवाला निकायहरूसँगको समन्वयमा तोकिएका ठाउँहरूमा मात्र फूल बिक्री गर्न पाइनेछ। तोकिएका स्थानबाहेक अन्य ठाउँमा फूल बिक्री गरेमा हटाइने चेतावनी दिएको छ।

फूल बिक्रीका लागि तोकिएका स्थानहरू: 
१. एन वि सेन्टर, नयाँ बानेश्वर                                        
२. विग मार्ट शखम्ल
३. आइ प्लेक्स मल नयां बानेश्वर
४. सेल्स वेरी, मध्यबानेश्वर
५. फोनेक्स टावर बत्तिसपुतली
६. तिनकुने चौर, तिनकुने  एसी कम्लेक्स
७. सिफल चौर सिफल
८. एसी कम्लेक्स, चाबहिल
९. चावहिल गणेशस्थान तरकारी बजार
१०. के एल. टावर अगाडि, चावहिल
११. चावहिल सेन्टर अगाडि
१२. स्वयम्भू धर्मचक्र पार्क
१३. कालिमाटी 
१४. द्यौखेल, कालिमाटी 
१५. भाटभटेनी, कलकी
१६. भ्याली कोल्ड स्टोर, नयाँ बजार
१७. बुद्ध मल, माछापोखरी
१८. गुणस्तर खाल्डो, माछापोखरी 
१९. हॉडिगाउ ५ वडा अगाडिको डबली
२०. हॉडिगाउं ५ वडा गणेश मांन्दर डबली
२१. कोइराला स्मार्ट, २६ वडा सामाखुशी
२२. सेल्सवेरी, महाराजगञ्ज
२३. बिगमार्ट, .गंगबू
२४. बिगमार्ट, चपलकारखाना 
२५. बिगमार्ट, बालुवाटार 
२६. आइटी भवन कामपा २८ कमलादी
२७. स्टार मल, पुतली सडक
२८. भाटभटेनी, अनामनगर 
२९. टेवाल मन्दिर परिसर
३०. काठमाण्डौ मल, सन्धारा
३१. कामपा २८ अर्द्धतमाग बडा कायालय बनाउने ठाउमा 
३२. बाज्र कम्प्लेक्स,  गुड मार्ट, न्यप्लाजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स