instainsta

काठमाडौँबासीलाई कोटिहोमको निम्तो दिन साइकल र्‍याली सम्पन्न, आज विशाल शोभा कलश यात्रा हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार ३१ गते
काठमाडौँबासीलाई कोटिहोमको निम्तो दिन साइकल र्‍याली सम्पन्न, आज विशाल शोभा कलश यात्रा हुँदै
AdvertisementAds

मानव सेवा फाउन्डेसन नेपालले आइतबार काठमाडौँमा बृहत साइकल र्‍याली गरेको छ । ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा फाउन्डेसनले र्‍यालीको आयोजना गरेको हो ।

र्‍याली पशुपति क्षेत्रबाट सुरु भइ चक्रपथ परिक्रमा गरेको थियो । करिब २७ किलोमिटरको उक्त र्‍यालीमा प्रतिनिधीसभा सदस्य शेर बहादुर कुँवरको पनि उपस्थिति रहेको थियो भने गायक कमल खत्री तथा अन्य प्रतिष्ठित व्यक्तिहरुको पनि सहभागिता थियो ।

र्‍यालीमा ३०० बढी साइकल यात्रीहरुले सहभागीता जनाएका थिए । पशुपतिमा भेला भएर चाबहिल हुँदै चक्रपथ परिक्रमा गरि कलंकी, कोटेश्वर, एयर्पोट हुँदै पशुपतिमै पुगेर र्‍याली सम्पन्न भएको थियो ।

महायज्ञ उपसमितिका संयोजक लेखराज ढकालका अनुसार इतिहासमै पहिलो पटक हुँदै गरेको ऐतिहासिक कोटिहोममा काठमाडौँबासिलाई निमन्त्रणा दिनका लागि साइकल र्‍याली गरिएको हो । मानव सेवा फाउन्डेसनलगायत विभिन्न संघ–संस्थाको आयोजनामा साउन महिनाभर पशुपति क्षेत्र परिसरमा कोटिहोम महायज्ञ आयोजना हुँदैछ ।

‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुँदैछ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ आयोजना हुन गइरहेको हो ।

कोटिहोमकै अवसरमा आज ३१ गते विशाल शोभा कलश यात्रा हुँदैछ । कलश यात्राका लागि देश तथा विदेशबाट समेत हजारौँ हिन्दू धर्मावलम्बी उपत्यका आइसकेको र आउने क्रम अझै रहेको महायज्ञ उपसमितिका संयोजक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स