काँग्रेस एमालेलाई सुशासनको डरले जोड्यो: प्रधानमन्त्री

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २८ गते
काँग्रेस एमालेलाई सुशासनको डरले जोड्यो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई सुशासनको डरले जोडेको बताएका छन् ।

संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले भने, ‘नाटकीय घटनाक्रमबाट नभइ पहिलो र दोस्रो दललाई विश्वास र आदर्श र निश्चित उद्देश्यले जोडेको भए मलाई चिन्ताको विषय हुने थिएन । त्यो डर र भयले जोड्यो | दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स