एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ११ गते
एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

एनएलजी इन्सुरेन्सको ६२.५६ शतप्रतिशत हकप्रद सेयरमा आज मंसिर ११ गते मंगलबारदेखि आवेदन दिन सकिनेछ । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको छ ।

उक्त हकप्रद सेयरका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । एनएलजी इन्सुरेन्सलले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरको बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र एनएलजी इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिनेछ । यस्तै, लक्ष्मी सनराइज बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स