एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले अब ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले यसअघि जारी गर्ने भनिएको ६६ प्रतिशत हकप्रदलाई भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले संशोधन गर्दै ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्दा न्यूनतम चुक्ता पुँजी बिमा प्राधिकरणले तोकेअनुसार २ अर्ब ५० करोड पुग्ने हुँदा यस अघि घोषणा गरेको हकप्रदको दर घटाएको हो । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ।
परिमार्जित ६२.५६ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि कम्पनीले बीमा प्राधिकरणसंग स्वीकृतिका लागि निवेदन दिने छ। प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट हकप्रद शेयर निष्कासनको प्रस्ताव अनुमोदन गर्दै थप प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ।












![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)


![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया