एनएलजी इन्सुरेन्सले मंसिर ११ गतेदेखि १०:६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। यो सेयरको अंकित मूल्य १ सय रुपैयाँ रहेको छ, जसबाट कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ संकलन गर्नेछ। आवेदन पुस १ गतेसम्म दिन सकिनेछ।
कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार कात्तिक २६ गतेसम्म कायम रहेका लगानीकर्ताले यस हकप्रदमा आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ छ। हकप्रद निष्कासनपछि चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ।
हकप्रद सेयर बिक्रीको प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। आवेदन लक्ष्मी सनराइज क्यापिटल, एनएलजी इन्सुरेन्सका तोकिएका शाखा, लक्ष्मी सनराइज बैंकका शाखा, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू, र मेरो सेयरमार्फत दिन सकिन्छ।












![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)






प्रतिकृया