ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा लघुवित्तको खुद नाफा १९.०३ प्रतिशतले बढेर ४ करोड ४ लाख ७७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा लघुवित्तको ब्याज आम्दानी ११.९६ प्रतिशत घटेर १३ करोड ७१ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ। लघुवित्तको इम्पेयरमेन्ट चार्जमा उल्लेखनीय कमी आउदा नाफामा वृद्धि देखिएको हो। गत वर्ष ४ करोड ६९ लाख ४५ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्टाएको थियो अहिले लाघुबित्तले ६८ लाख ९५ हजार रुपैयाँ मात्र छुट्टाएको छ।
समीक्षा अबधिमा लघुवित्तको सञ्चालन आम्दानी ५ करोड ७८ लाख रुपैयाँ रहेको छ | यस्तै प्रतिसेयर आम्दानी ४ रुपैयाँ १८ पैसाले बढेर २६ रुपैयाँ १६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ८ पैसा रहेको छ।






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया