आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । सभा मंसिर ७ गते उग्रचण्डी, बनेपा–७, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजेदेखि शुरु हुनेछ ।
सभामाले १४.२५ प्रतिशत बोनस सेयर र र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
लाभांश तथा सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ । तर, २३ गते शुक्रबार र २४ गते शनिबार परेकाले यी दिनमा सेयर कारोबार हुँदैन । त्यसैले, कात्तिक २१ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।









![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया