आशा लघुवित्तको सातौं वार्षिक साधारण सभा भोलि बस्दै, के के छन् प्रस्ताव?

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ८ गते
आशा लघुवित्तको सातौं वार्षिक साधारण सभा भोलि बस्दै, के के छन् प्रस्ताव?
AdvertisementAds

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा भोलि (जेठ ९गते) बस्ने भएको छ। उक्त सभा बनेपा बनेपास्थित होटल  उग्रचण्डीमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा संस्थाले अन्य वित्तीय संस्था गाभ्ने/गाभिने, प्राप्ति वा खरिद सम्बन्धी प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, र चालू आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ। यसैगरी , सभामा ४ जना संस्थापक र २ जना सर्वसाधारण गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २४ गते बुक क्लोज गरिसकेको छ । तेसर्थ, वैशाख २३ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

#BajarkoChirfar

 

AdvertisementAds

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स