उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले फाइल खोल्न सुरु गर्ने निर्णय गरेपश्चात सरकार ढलेको बताएका छन् ।
मंगलबार पार्टीको सचिवालय बैठक सकेर निस्किदै गर्दा उनले दुई ठूला राजनीतिक दलहरुआफूहरुले भ्रष्टाचारका फाइल खोल्न सुरु गरेपछि सत्ता समिकरण फेरबदलमा लागेको बताएका हुन् ।
लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुले भ्रष्टाचारका फाइल खोल्न सुरु गर्नासाथ सत्ता समिकरण परिवर्तन र संविधान संसाेधनकाे प्रपञ्च गरिएकाे बताए । ‘जुन ढंगले सरकार अघि बढेको थियो । तपाईँहरु नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो ।
फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो । यसलाई के भन्नु र मैले । ’, उनले थपे, ‘त्यो बेचैनीको अर्थ के होला ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो । यो संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? यो त सबैले बुझेकै कुरा हो । यसको संवैधानिक प्रक्रिया सुरु होला । त्यसपछि अरु गर्नुपर्ने कुराहरु छँदै छन् ।’
गृहमन्त्री रवि लामिछानेले भनेका छन्: ‘अहिले के संकट आइपर्यो ? अहिले त सुशासनका लागि केही मानिसहरु पक्राउ परे । अहिले देशका लागि आउन लागको संकट थियो र भ्रष्टहरुलाई आउन लागेको संकट थियो ? कसलाई जोगाउन खोजेको यो ? कसलाई जोगाउन लागि यो रातारात परिवर्तन भयो होला ? यति पनि नबुझ्ने को छ ?’,
#bajarkochirfar #bazarkochirfar












![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया