कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ जसअनुसार हरियो अकबरे खुर्सानी र हरियो धनियाको मूल्यमा वृद्धि भएको छ। आज खुर्सानी प्रतिकिलो ३२६ रुपियाँमा बिक्री भइरहेको छ, जुन हिजोको तुलनामा ७६ रुपियाँले महँगो भएको हो।
हिजो खुर्सानीको भाउ २५० रुपियाँ थियो। त्यस्तै, हिजो १७६ रुपियाँ रहेको हरियो धनियाको मूल्यमा पनि ५० रुपियाँको वृद्धि भएको छ। आज कालिमाटीमा हरियो धनिया प्रतिकिलो २२६ रुपियाँमा किन्न पाइन्छ।
यसैगरी, मंगलबार बजारमा अन्य तरकारीहरुको मूल्य भने स्थिर रहेको छ। लोकल गोलभेंडा २५, बन्दा ४८, काउली १३०, मकैबोडी ९०, तनेबोडी ७५, घिउसिमी ८५, करेला ९५, चिचिन्डो ३५, घिरौंला ६५, तोरीको साग ५५, र हरियो प्याज २२६ रुपियाँमा बिक्री भइरहेको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया