अब वर्षभरि सस्तोमा सामान किन्न पाइने, आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २८ गते
अब वर्षभरि सस्तोमा सामान किन्न पाइने, आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा
AdvertisementAds

विगतमा दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्वमा मात्र सीमित अवधिका लागि खुल्ने सहुलियत मूल्य पसल अब वर्षभरि सञ्चालन हुने भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशभरका ४१ जिल्लाका ४९ बिक्री केन्द्रलाई आजदेखि नै सहुलियत पसलका रूपमा सञ्चालनमा ल्याएको हो।

सहुलियत पसलमा चामल, दाल, तेल, घिउ, नुनलगायतका वस्तुमा प्रतिकिलो वा प्रतिलिटर २ देखि १० रुपैयाँसम्म छुट दिइनेछ। कर्णालीका रैथाने उत्पादनमा समेत विशेष सहुलियत दिइने कम्पनीले जनाएको छ। दुर्गम क्षेत्रमा ढुवानी अनुदानमार्फत खाद्यान्न उपलब्ध गराउने तथा दशैँ–तिहारमा खसी, बोका र च्याङ्ग्रामा समेत छुट दिने तयारी छ। सहुलियत पसलका लागि सरकारले यस वर्ष २ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कम्पनीले ‘नेपाल फुड’ अनलाइन पोर्टलमार्फत अर्डर तथा काठमाडौं उपत्यकामा होम डेलिभरीको सुविधा पनि उपलब्ध गराउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स