SHAREHUBSHAREHUB

आज इन्द्र जात्रामा सेयर बजार बन्द, नेप्से पुन: कहिले खुल्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १ गते
AdvertisementAds
आज इन्द्र जात्रामा सेयर बजार बन्द, नेप्से पुन: कहिले खुल्ने ?
AdvertisementAds

काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ, जसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा लगायतका जिल्लामा मनाइने यो पर्व आठ दिनसम्म चल्छ।

संघीय राजधानी काठमाडौंमै सेयर बजार सञ्चालक नेप्से कार्यालय रहेकाले उपत्यकामा सार्वजनिक बिदा हुँदा नेप्से पनि बन्द हुने भएको हो ।

आज सेयरबजारसहित उपत्यका भित्रका बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । बुधबार देखि पुन: कारोबार समयमै सुरु हुने छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स