नेपाल सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ। असार ३ गते बकर इद (ईद उल अजहा) पर्वमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै ३ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ।
उक्त दिन देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द रहनेछ।

#bajarkochirfar #bazarkochirfar

प्रतिकृया