अरुण भ्यालीको अवितरित हकप्रद सेयर बाँडफाँट



Advertisement
Ads

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिलामीमा विक्री गरेको अवितरित हकप्रद सेयर बाँडफाँट गरेको छ ।कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता अवितरित हकप्रद सेयर वैशाख १० गतेदेखि २४ गतेसम्म लिलामीमा विक्री गरेको हो ।


Advertisement

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २७ गते खोली जेठ १ गते कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट गरेको हो । कम्पनीको सेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । क्यापिटलका अनुसार सेयर बाँडफाँटको अन्तिम मुल्य १४३ रूपैयाँ ५० पैसा कायम भएको छ। यो बाँडफाँटमा नपरेको शेयर वापतको रकम जेठ ३ गतेदेखि फिर्ता भुक्तानी गरिने  कम्पनीले जानकारी दिएको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद सेयर विक्री गरी चैत २७ गते बाँडफाँट गरेको थियो ।


Advertisement

कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर विक्री खुला गरेकोमा १९ लाख ९२ हजार १३४ कित्ता भने वितरण हुन नसकेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँ रहेको छ । लिलामी प्रक्रियाबाट सम्पूर्ण कित्ता हकप्रद सेयर विक्री तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ।


Advertisement

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर