SHAREHUBSHAREHUB

आजै सार्वजनिक हुँदै पूँजीबजारको मार्गचित्र, अर्थमन्त्रीसँग अन्तिम छलफलमा बोर्ड अध्यक्ष

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३० गते
AdvertisementAds
आजै सार्वजनिक हुँदै पूँजीबजारको मार्गचित्र, अर्थमन्त्रीसँग अन्तिम छलफलमा बोर्ड अध्यक्ष
AdvertisementAds

नेपाल धितोपत्र बोर्डले आज पूँजीबजारको मार्गचित्र सार्वजनिक गर्ने भएको छ। आफू धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएदेखि नै डा. गोपाल प्रसाद भट्टले पूँजीबजारको विस्तार र सुधारको खाकाका रुपमा एक ‘ब्लुप्रिन्ट’ सार्वजनिक गर्ने र सोहि अनुसार तदारुकताका साथ काम गर्ने बताउँदै आएका थिए। सो ब्लुप्रिन्ट तयार भईसकेको जानकारी डा. भट्टले दिएका हुन्।

बजारको चिरफारसंग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष डा. भट्टले अहिले आफू अर्थ मन्त्रालयमा रहेको र बोर्डले तयार गरेको मार्गचित्रका विषयमा अर्थमन्त्रीलाई जानकारी गराईसकेपछि सार्वजनिक गर्ने तयारी गरेको बताए।

मार्गचित्रमा इक्विटी बजारसँगै कर्पोरेट बन्ड, सरकारी ऋणपत्र, म्युनिसिपल बन्ड, डेरिभेटिभ्स, एक्सचेन्ज ट्रेडेड फन्ड (ETF), प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, एसएमई प्लेटफर्म तथा विदेशी र गैरआवासीय नेपाली (NRN) लगानी विस्तार गर्ने योजना समेटिने छ।

त्यसैगरी नेप्से सूचक प्रणाली सुधार, आईपीओ/एफपीओ तथा प्रमोटर सेयरको लक–इन अवधि पुनरावलोकन, ब्रोकरमार्फत मार्जिन लेन्डिङ, सर्ट सेलिङ, इन्ट्राडे कारोबार, मार्जिन ट्रेडिङ विस्तार, कमोडिटी मार्केट सञ्चालन तथा नयाँ वित्तीय उपकरण विकास लगायतका विषय पनि मार्गचित्रमा समेटिने छन्।

यसका साथै AML/CFT प्रणाली सुदृढीकरण, सबै लगानीकर्ताका लागि समान अवसर सुनिश्चित गर्ने नीति, नियमन प्रणालीको आधुनिकीकरण, अनलाइन सेवा विस्तार, अक्सन प्रक्रियाको डिजिटाइजेशन तथा सेबोनको सूचना प्रविधि पूर्वाधार विकास सम्बन्धी योजनासमेत मार्गचित्रमा समेटिने छन्।

AdvertisementAds

89bc274a 9daf 4136 875c cec0d72f8ee8 https://bajarkochirfar.com/capital-market-roadmap-to-be-made-public-today-board-chairman-in-final-discussion-with-finance-minister | %tags
यो पनि पढ्नुहोस

सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स