instainsta

धितोपत्र बोर्डले निर्देशिकाहरू पनि परिमार्जन गर्ने, आईपीओदेखि बुक बिल्डिङसम्म नयाँ व्यवस्था आउने

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३१ गते
धितोपत्र बोर्डले निर्देशिकाहरू पनि परिमार्जन गर्ने, आईपीओदेखि बुक बिल्डिङसम्म नयाँ व्यवस्था आउने
AdvertisementAds

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति कार्यान्वयनका लागि विद्यमान विभिन्न निर्देशिकाहरूमा समयानुकूल संशोधन गर्ने तथा आवश्यक नयाँ निर्देशिका र मापदण्ड तर्जुमा गर्ने भएको छ।

 बोर्डले सार्वजनिक गरेको कार्ययोजना (Implementation Action Matrix) मा बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन यस्तो व्यवस्था गर्न लागिएको उल्लेख छ ।

कार्ययोजनाअनुसार बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गर्नेछ। यसमार्फत सार्वजनिक निष्काशन (आईपीओ) प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

त्यस्तै, बुक बिल्डिङ निर्देशिका, २०७७ मा संशोधन गरी सार्वजनिक निष्काशनको मूल्य निर्धारण (Price Discovery) प्रक्रियालाई थप विश्वसनीय र पारदर्शी बनाइनेछ।

सामूहिक लगानी कोष निर्देशिका, २०६९ मा पनि परिमार्जन हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स