insta insta

राष्ट्र बैंकको गर्यो अन्तर्राष्ट्रिय हवाई टिकट सेवा उपलब्ध गराउन ११ कम्पनीलाई सूचीकृत

राष्ट्र बैंकको गर्यो अन्तर्राष्ट्रिय हवाई टिकट सेवा उपलब्ध गराउन ११ कम्पनीलाई सूचीकृत
Advertisement Ads

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि अन्तर्राष्ट्रिय हवाई टिकट तथा ट्राभल एजेन्सी सेवा उपलब्ध गराउन ११ वटा ट्राभल कम्पनीलाई सूचीकृत गरेको छ।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सूचना जारी गर्दै निर्धारित प्रक्रिया अनुसार आवेदन दिएका कम्पनीहरूमध्ये आवश्यक योग्यता पूरा गरेका ११ वटा ट्राभल एजेन्सी छनोट गरिएको जनाएको हो।

राष्ट्र बैंकले सूचीकृत भएका सबै कम्पनीलाई सूचना प्रकाशित भएको मिति असार २५ गतेदेखि ७ कार्यदिनभित्र बैंकको खरिद एकाइमा उपस्थित भई आवश्यक सम्झौता प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

छनोटमा परेका कम्पनीहरूमा एभरेष्ट मिराकल ट्राभल्स एण्ड टुर्स प्रा.लि., सी लिंक ट्राभल्स एण्ड टुर्स प्रा.लि., डिजायर नेपाल ट्रेक्स ट्राभल्स एण्ड टुर्स, आईएमई ट्राभल्स प्रा.लि., बोन ट्राभल एण्ड टुर्स प्रा.लि., सुरुची ट्राभल्स एण्ड टुर्स, अर्बिट इन्टरनेशनल ट्राभल्स प्रा.लि., मुन सन ट्राभल्स एण्ड टुर्स, अउरो ट्राभल एण्ड टुर्स प्रा.लि., स्मार्ट ट्राभल सर्भिसेस प्रा.लि. र प्रिसियस ट्राभल्स एण्ड टुर्स प्रा.लि. रहेका छन्।

राष्ट्र बैंकले छनोटका लागि अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (IATA) को सदस्यता, कम्तीमा पाँच वर्षको कार्य अनुभव तथा पछिल्लो तीन आर्थिक वर्षको औसत वार्षिक कारोबार ५ करोड रुपैयाँभन्दा बढी भएको हुनुपर्ने लगायतका मापदण्ड निर्धारण गरेको थियो।

यसका साथै, सूचीकृत कम्पनीहरूले राष्ट्र बैंकको धरौटी खातामा ५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ। सम्झौता सम्पन्न भएपछि यी कम्पनीहरूले आगामी आर्थिक वर्षभर राष्ट्र बैंकका कर्मचारी तथा पदाधिकारीहरूको वैदेशिक भ्रमणका लागि आवश्यक हवाई टिकट सेवा उपलब्ध गराउनेछन्।

Screenshot 12 7 2026 152853 www.nrb .org .np https://bajarkochirfar.com/nepal-rastra-bank-has-listed-11-companies-to-provide-international-air-ticket-services | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स