instainsta

संस्थापकले नकिनेपछि एनआईसी एशिया बैंकको सेयर सर्वसाधारणका लागि खुल्यो, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३१ गते
संस्थापकले नकिनेपछि एनआईसी एशिया बैंकको सेयर सर्वसाधारणका लागि खुल्यो, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयरधनी गोविन्द लाल संघइको स्वामित्वमा रहेको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले यसअघि उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्रै खरिद गर्न मिल्ने गरी बिक्री खुला गरेको थियो। तर, तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि अब सर्वसाधारणलाई पनि खरिदका लागि अवसर दिइएको बैंकले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित दरभाउ उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स