SHAREHUB SHAREHUB

१० कित्ते नीतिले आईपीओलाई चिठ्ठा बनायो: नियम पुनरवलोकन गर्नुपर्ने अर्थ मन्त्रालयको निष्कर्ष

Advertisement Ads
१० कित्ते नीतिले आईपीओलाई चिठ्ठा बनायो: नियम पुनरवलोकन गर्नुपर्ने अर्थ मन्त्रालयको निष्कर्ष
Advertisement Ads

अर्थ मन्त्रालयले सेयर बजारमा लागू गरिएको ‘१० कित्ते’ नीतिले लगानी संस्कृतिभन्दा चिठ्ठा पर्ने मानसिकता विकास गराएको भन्दै यसको पुनरवलोकन आवश्यक रहेको जनाएको छ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकमा मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख एवं सहसचिव महेश आचार्यले धितोपत्र बजारको अहिलेको प्रमुख समस्या वित्तीय साक्षरताको अभाव रहेको बताए।

उनले ‘१० कित्ते’ नीति लागू भएपछि बजारमा सबैभन्दा ठूलो विकृति देखिएको भन्दै यसको प्रभावबारे पुनः समीक्षा गर्नुपर्ने धारणा राखे। “१० कित्ते नीतिले सबैभन्दा ठूलो जोखिम ल्यायो। यो नीति पुनरवलोकन गर्नुपर्छ जस्तो लाग्छ,” उनले भने।

आचार्यका अनुसार न्यूनतम १० कित्ताका लागि आवेदन दिने व्यवस्थाले लगानीकर्तामा अध्ययन गरेर लगानी गर्ने संस्कृतिभन्दा आइपिओलाई ‘चिठ्ठा’को रूपमा हेर्ने प्रवृत्ति बढाएको छ। उनका अनुसार यस्ता लगानीकर्तालाई प्रत्यक्ष आइपिओमा आकर्षित गर्नुको सट्टा म्युचुअल फन्डमार्फत लगानी गर्न प्रोत्साहित गर्नुपर्ने थियो।

उनले अधिकांश आइपिओ आवेदकले कम्पनीको विवरणपत्र नै नपढ्ने र कम्पनीको आधारभूत अवस्था वा लाभांशभन्दा पनि सेयर मूल्य बढ्ने अपेक्षाका आधारमा लगानी गर्ने प्रवृत्ति बढेको बताए।

Advertisement Ads

“बजारमा कम्पनीको लाभांशका आधारमा लगानी गर्नेभन्दा मूल्य बढ्ने अपेक्षामा लगानी गर्ने प्रवृत्ति हावी भयो। मूल्य घट्न थालेपछि आन्दोलन गर्ने अवस्था पनि देखिएको छ,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

5 Comments
Oldest
Newest Most Voted
Bhim Bahadur Magar
Bhim Bahadur Magar
2 months ago

सेयर वजार धनीमानीहरुका लागिमात्र हो अरु लारे लुरेहरुका लागि होइन भन्ने खोजेको हो भने लगानीमा समेत असमावेशीता को संकेत देखीयो जसरी राजनितिमा प्रष्ट देखीन्छ ।

Indra Shahi
Indra Shahi
2 months ago

reality

Jaya Rai
Jaya Rai
2 months ago

Say direct you want to let only capitalist to play with share market, it’s against Nepalese general public

Nikhilesh Maloo
Nikhilesh Maloo
2 months ago

Kasto gawar jasto kura garya hola? Nikay le jasto paye testo company lai IPO lyauna dine, ani lagani karta le adhyayan garnu parne for IPO? It’s a simple game of demand and supply. Duniya ko jun sukai thau ma ni IPO is lottery, some IPO lists at gain some at loss. Sahi valuation garera lyaunu ni IPO nikay le, aafai adhyayan gari halxan ni apply garne le. Proper valuation anusaar IPO lyaune ho bhane aafai adhyayan garne le fal paigalxan ni. Pahile nikay le dalal bhanda nikay jasto kaam garnu paryo. Auta padh ma base paxi bolnu aghi ali adhyayan aafule gare ni hunxa. Bitter truth of Nepal is je ma ni wahiyat association xa, tyai association le je sifarish garyo tyai sadar. Pathetic.

Last edited 2 months ago by Nikhilesh Maloo
हेमराज भण्डारि
हेमराज भण्डारि
2 months ago

सहि हो

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स