instainsta

प्रि-आईपीओका नाममा हुने सेयर कारोबार अवैध: धितोपत्र बोर्ड अध्यक्षले गरे कारबाहीको घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३१ गते
प्रि-आईपीओका नाममा हुने सेयर कारोबार अवैध: धितोपत्र बोर्ड अध्यक्षले गरे कारबाहीको घोषणा
AdvertisementAds

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘प्रि–आइपिओ’का नाममा हुने अवैध कारोबार कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै त्यस्ता गतिविधिमा संलग्नमाथि कानुनअनुसार कारबाही गरिने बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष भट्टले ‘प्रि–आइपिओ’का नाममा हुने अनधिकृत कारोबारलाई वैधानिकता दिन नसक्ने स्पष्ट पारे।

‘प्रि–आईपीओ अवैध चिज हो, यस्तो कार्य हुनुहुँदैन । कतै त्यस्तो गतिविधि भएको थाहा पाइयो भने हामी कारबाही गर्छौँ । त्यो हाम्रो वैधानिक पद्धतिअनुसार आएको पैसा होइन, कसैले चलखेल गर्दैमा राज्य चुप लागेर बस्नुहुन्न ।’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स