राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले म्युचुअल फन्डहरूका लागि छुट्याइएको ५ प्रतिशत आइपिओ सेयर कोटाले साना लगानीकर्तालाई वास्तविक रूपमा फाइदा पुगेको छ कि छैन भन्ने प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)को कामकारबाहीबारे छलफलका क्रममा उनले उक्त व्यवस्थाले मार्केट डेप्थ बढाउन र सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्न कति योगदान पुर्यायो भन्ने मूल्यांकन सार्वजनिक गर्न माग गरिन्।
अधिकारीले म्युचुअल फन्डहरूले बजार विकासमा योगदान पुर्याउनुको सट्टा आइपिओबाट प्राप्त सेयर छोटो अवधिमै बिक्री गरेर नाफा कमाउने (फ्लिपिङ) प्रवृत्ति देखिएको टिप्पणी गरिन्।”म्युचुअल फन्डहरूले बजार विकासमा योगदान पुर्याउनुको सट्टा पाएको सेयर छोटो अवधिमै बिक्री गरेर नाफा कमाउने फ्लिपिङ प्रवृत्ति देखियो,” उनले भनिन्, “यसलाई रोक्न लक–इन अवधि वा अन्य के व्यवस्था छ? यसबारे बोर्डको दृष्टिकोण स्पष्ट हुनुपर्छ।”











![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया