पुँजी बजार आर्थिक समृद्धिको इन्जिन हो, १५ दिनभित्र योजना ल्याउँछु: धितोपत्र बोर्ड अध्यक्ष भट्ट

पुँजी बजार आर्थिक समृद्धिको इन्जिन हो, १५ दिनभित्र योजना ल्याउँछु: धितोपत्र बोर्ड अध्यक्ष भट्ट
Advertisement Ads

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पूँजी बजार अर्थतन्त्रको “इन्जिन” भएको बताएका छन्। उनले १५ दिनभित्र विस्तृत योजना सार्वजनिक गर्ने बताएका छन्।

टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ‘ मा बोल्दै अध्यक्ष भट्टले पुँजी बजारलाई राष्ट्रको आर्थिक विकासको प्रमुख इन्जिनका रूपमा विकास गर्नुपर्ने बताए। पुँजी बजारले पुँजी सिर्जना गर्ने र त्यही पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै आर्थिक समृद्धि हासिल गर्ने उनको भनाइ छ।

“क्यापिटल मार्केट इन्जिन हो… पुँजी जेनेरेट गर्ने र त्यसले त्यही जेनेरेट गरेको पुँजीबाट राष्ट्रको ग्रोथ गर्नु छ, विकास गर्नु छ, आर्थिक समृद्धि ल्याउनु छ” उनले भने।

भट्टले नेपालको पुँजी बजारमा नयाँ वित्तीय उपकरण (इन्स्ट्रुमेन्ट) विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै सर्ट सेलिङ (Short Selling) जस्ता व्यवस्था लागू गर्नुपर्ने विषय आफूले पहिलेदेखि उठाउँदै आएको बताए।

“सर्ट सेलिङ इन्स्ट्रुमेन्ट्स ल्याउनुपर्छ भनेर मैले पनि पहिलादेखि बोलिरहेको हो। त्यो चिज विकसित देशहरूमा अथवा नजिकैका छिमेकी देशहरूमा सबै ठाउँमा भइरहेको छ। त्यसलाई व्यवस्थित गर्न हामीलाई त्यति गाह्रो हुन्छ जस्तो लाग्दैन” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
pirtha bahadur lungeli magar
pirtha bahadur lungeli magar
1 month ago

pirtha bahadur lungeli.jati garepani 10% capital gyan.nikalna garo xa.company grouth xaina.eps – matrai xa.

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स