instainsta

ओलीले नेकपाका ६ केन्द्रीय सदस्य एमालेमा भित्र्याए

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २५ गते
ओलीले नेकपाका ६ केन्द्रीय सदस्य एमालेमा भित्र्याए
AdvertisementAds

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ केन्द्रीय सदस्यलाई पार्टी प्रवेश गराएका छन्।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा भएको उक्त कार्यक्रममा प्रवेश गर्ने केन्द्रीय सदस्यहरुमा कार्कीसहित राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रवीन्द्र बम (बैतडी) छन् ।

सो अवसरमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्यालयगायत नेता सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स