instainsta

विद्यालयदेखि विश्वविद्यालयसम्म पूँजी बजार पढाइने, सेबोनले ‘राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान’ सञ्चालन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३१ गते
विद्यालयदेखि विश्वविद्यालयसम्म पूँजी बजार पढाइने, सेबोनले ‘राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान’ सञ्चालन गर्ने
AdvertisementAds

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै देशभर वित्तीय साक्षरता विस्तार गर्न र लगानीकर्ताको हित संरक्षणका लागि ‘राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान’ (National Investor Education Mission) सञ्चालन गर्ने घोषणा गरेको छ। अभियानअन्तर्गत विद्यालयदेखि विश्वविद्यालय तहसम्म पूँजी बजारसम्बन्धी शिक्षा विस्तार गर्ने योजना बोर्डले अघि सारेको हो।

नीतिअनुसार पूँजी बजारसम्बन्धी ज्ञानलाई औपचारिक शिक्षासँग जोड्न नेपाल सरकार र शिक्षा मन्त्रालयसँग समन्वय गरी विद्यालय तहमा वित्तीय शिक्षा तथा विश्वविद्यालय तहमा ‘क्यापिटल मार्केट करिकुलम’ (Capital Market Curriculum) समावेश गर्ने योजना रहेको छ।

यसका साथै माध्यमिक, स्नातक र स्नातकोत्तर तहमा अध्यापन गराउने शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि ‘ट्रेनिङ अफ ट्रेनर्स (ToT)’ कार्यक्रम सञ्चालन गरिनेछ। बोर्डले विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गरी डिजिटल लर्निङ प्लेटफर्म, मोबाइल एप र भिडियो सामग्री मार्फत पनि पूँजी बजारसम्बन्धी शिक्षा उपलब्ध गराउने नीति लिएको छ।

राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान विद्यालय र विश्वविद्यालयमा मात्र सीमित रहने छैन। नीतिअनुसार युवाका लागि ‘युथ इन्भेस्टमेन्ट प्रोग्राम’ र महिलाका लागि ‘वुमेन इन्भेस्टर प्रोग्राम’ सञ्चालन गरिनेछ। त्यसैगरी, विदेशमा रहेका नेपालीलाई लक्षित गरी ‘ओभरसिज नेपाली इन्भेस्टर एजुकेसन’ कार्यक्रम पनि सञ्चालन गरिने बोर्डले जनाएको छ।

देशव्यापी रूपमा लगानीकर्ता शिक्षा विस्तार गर्न स्थानीय तह, व्यावसायिक संस्था तथा उद्योग–वाणिज्य संघहरूसँग सहकार्य गरी ग्रामीण क्षेत्रसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने नीतिमा उल्लेख छ।

बोर्डका अनुसार अभियानको उद्देश्य लगानीकर्तालाई हल्ला वा अफवाहका आधारमा नभई तथ्य, सूचना र विश्लेषणका आधारमा लगानी गर्ने संस्कृतिको विकास गर्नु हो। यसका लागि education.sebon.gov.np नामक छुट्टै शैक्षिक पोर्टल विकास गरी सञ्चालनमा ल्याउने योजना पनि नीतिमा समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स