नेकपा एमालेका सांसद क्षितिज थेबेले सरकारको नीतिगत तथा नियामकीय अन्योलका कारण सेयर बजारमा लगानीकर्ताको विश्वास कमजोर बन्दै गएको बताएका छन्। उनले रास्वपा नेतृत्वको सरकार गठन भएपछि लगानीकर्ताले करिब ५ खर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएको र नेप्से परिसूचक ३२९ अंकले घटेको बताए।
‘सेयर बजारमा लाखौं नेपालीको लगानी छ । ७६ लाख डिम्याट खाता छ । २०८२ चैत १२ गते २९५० बिन्दुमा रहेको नेप्से हाल शुक्रबारसम्ममा आईपुग्दा ३२९ अंकले घटेर २६२१ बिन्दुमा खुम्चिएको छ,’ थेबेले भने, ‘चैत १२ गते बजार पुँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा हाल ५ खर्ब ४ अर्ब ९५ करोडले घटेर ४५ खर्ब ४ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । अर्थात् सेयर लगानीकर्ताले ५ खर्ब ४ अर्ब रुपैयाँ गुमाएका छन् ।’
उनले यसको असर लगानीकर्तामा मात्रै नभएर त्यसबाट सरकारले प्राप्त गर्ने राजस्वमा समेत परेको बताए ।
सांसद थेबेले नियामकीय अन्योलका कारण लगानीकर्ताको विश्वास कमजोर बनेको भन्दै सरकारले सेयर बजारप्रति आफ्नो नीति स्पष्ट गर्नुपर्ने माग गरे। “लगानीकर्तालाई जोगाउने कि अन्योलमै राख्ने ? सरकार अझै कति दिन कानमा तेल हालेर बस्ने हो ?”







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया