अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले दाबी नगरिएको १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद सेयर आज अर्थात् वैशाख १० गतेदेखि लिलामीमा बिक्रि खुल्ला गरेको छ।
कम्पनीले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद सेयर विक्री गरी चैत २७ गते बाँडफाँट गरेको थियो ।कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ताका लागि मात्र आवेदन परेको थियो । जसमध्य बिक्री हुन नसकेको १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद सेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो ।
लिलामीमा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन पाउनेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। सेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल काठमाडौं, मुक्तीनाथ विकास बैंकका तोकिएका शाखा ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्नेछन् ।






![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)




![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)



प्रतिकृया