सस्तोडिलका संस्थापक अमुन थापाले हालै एक पोस्टमार्फत नेपाली स्टार्टअप र भेन्चर क्यापिटलिस्ट (VCs) बीचको सम्बन्धमा देखिने कमजोरीहरूबारे आफ्नो धारणा व्यक्त गरेका छन्। थापाले नेपालमा भेन्चर क्यापिटलिस्टहरूले संस्थापकहरूको समर्पण, दीर्घकालीन वृद्धि आवश्यक पर्ने समय, र स्थानीय बजारका चुनौतीहरूलाई प्रायः सही ढंगले नबुझेको उल्लेख गरेका छन्।
उनले भेन्चर क्यापिटलिस्टले प्रायः संस्थापकहरूले व्यक्तिगत लगानी (स्किन इन द गेम) कति छ भनेर मात्र हेर्ने गरेको तर, संस्थापकहरूको वास्तविक समर्पण वित्तीय लगानी भन्दा बढी हुने उल्लेख गरेका छन्। थापाले आफ्नो सस्तोडिलको अनुभव उल्लेख गर्दै “ मैले सस्तोडिल मा २ करोड रुपैयाँ व्यक्तिगत लगानी गरेका छन्, जुन ५० करोड रुपैयाँ उठाइएको रकमको तुलनामा सानो हो। तर, उनले १२ वर्षसम्म गरेको अथक परिश्रम, समय, र व्यक्तिगत जीवनको बलिदानलाई लगानीकर्ताहरूले प्रायः बेवास्ता गर्ने गरेको उनले बताए।
थापाले नेपालमा ५ वर्षभित्र एक्जिट (व्यवसायबाट बाहिरिने) गर्ने अवधारणा अव्यावहारिक भएको पनि औंल्याएका छन। उनले ईसेवा र वर्ल्डलिंकजस्ता नेपाली कम्पनीहरू नाफामुलक बन्नका लागि क्रमशः १४ र २० वर्ष लागेको उदाहरण दिँदै, नेपालमा दीर्घकालीन वृद्धि हासिल गर्न १० देखि १५ वर्ष लाग्न सक्ने उल्लेख गरेका छन्।सिलिकन भ्यालीलाई नेपाली स्टार्टअपहरूको सफलताको तुलना गर्ने आधार बनाउनु गलत भएको थापाले बताए। नेपाली संस्थापकहरूले सीमित स्रोत र फरक बजारको परिप्रेक्ष्यमा काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
थापाले भेन्चर क्यापिटलमा प्रायः वित्तीय विशेषज्ञहरूको मात्र वर्चस्व रहने हुँदा, स्टार्टअपका वास्तविक संघर्षहरूलाई बुझ्न असमर्थ हुने र यसले असमझदारी र असन्तुलित समर्थनको अवस्था सिर्जना गर्ने बताए। अन्त्यमा, थापाले नेपाली लगानीकर्ताहरूले प्रायः एक्जिट र तत्काल मुनाफामा केन्द्रित हुने तर दीर्घकालीन मूल्य सिर्जना गर्ने र उद्योगलाई रूपान्तरण गर्ने लक्ष्यमा ध्यान नदिने प्रवृत्ति देखिएको बताएका छन्।











![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-768x432.jpg)
![थोरै पैसामा गर्न सकिने बिजेनसहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-3-768x432.jpg)



![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया