निफ्राले गर्यो आर्थिक वर्ष २०८०/८१ को नाफा सञ्चित गर्ने निर्णय, सेयरधनीलाई लाभांश नदिने
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय अवस्था थप सुदृढ र सबल बनाउन मुनाफा सञ्चित गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३२ करोड ९८ लाख ४० हजार ८४० रुपैयाँ खुद नाफा कमाएको थियो। उक्त नाफा वितरण नगरी हाललाई सञ्चित गर्ने निर्णय गर्दै, बैंकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ।