मेयर बालेनविरुद्ध युवराज सफलले हाले अख्तियारमा उजुरी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिफ्ट जडानसम्बन्धी अनियमितताको उजुरी परेको छ। अधिवक्ता युवराज सफलले महानगरमा बिना टेन्डर, बिना प्रतिस्पर्धा र बिना कोटेसन करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट जडान गरिएको भन्दै उजुरी दिएका हुन्।
उजुरीमा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ विपरीत अपारदर्शी ढंगले लिफ्ट खरिद गरिएको आरोप लगाइएको छ। सफलले लिफ्ट मेयर बालेनका लागि मात्र जडान गरिएको भन्दै त्यससम्बन्धी सम्पूर्ण कागजात झिकाएर छानबिन गर्न माग गरेका छन्।