दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि मंसिर ११ गते अन्तिम दिन रहेको छ। सर्वोत्तम सिमेन्ट र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारणसभा तथा लाभांश वितरणका लागि मंसिर १२ गते गते बुक क्लोज गर्दैछन्। जस अनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्न्नेछन्।
सर्वोत्तम सिमेन्ट लिमिटेडले ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा मंसिर २६ गते, शुक्रबार, रुपन्देहीको होटल सिद्धार्थ भिलासा, भैरहवामा बिहान ११ बजे बोलाएको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ६.३१५८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा मंसिर २३ गते, मंगलबार, काठमाडौँको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वटमा बिहान ९ बजे बोलाएको छ।



















प्रतिकृया