विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नेपालको आर्थिक वृद्धिदर घटाएको छ। यसअघि आर्थिक वर्ष २०८२/८३ मा ५.२ प्रतिशत र २०८३/८४ मा ५.५ प्रतिशत हुने अनुमान थियो, तर हाल नेपालमा २०८२/८३ मा २.१ प्रतिशत र २०८३/८४ मा ४.७ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ। विश्व बैंकले भारत र मालदिभ्समा पनि वृद्धि दर घटाएको उल्लेख गरेको छ। भारतको निर्यातमा कमी, मालदिभ्सको विदेशी मुद्रा सञ्चितिमा दबाब र नेपालमा हालै भएका प्रदर्शनका कारण यस्तो प्रक्षेपण घटाउनुपरेको बैंकले उल्लेख गरेको छ।
विश्व बैंकले आन्दोलन हुनुमा नेपालीहरूको शासन प्रणाली प्रति असन्तुष्टि र आर्थिक अवसरको अभाव रहेको बताए। भष्ट्राचार, अनिश्चित व्यवसायिक वातावरण, उच्च व्यापार लागत र पूर्वाधार अभावले नेपालको विकास समकक्षी मुलुकभन्दा ढिलो भइरहेको छ। विगत १० वर्षमा नेपालको औसत वृद्धिदर ४.३ प्रतिशत मात्र रहँदै आएको छ भने युवा बेरोजगारी २२.७ प्रतिशत पुगेको छ। जलविद्युत उत्पादनमा वृद्धिले २०८१/८२ मा वृद्धि दर ४.६ प्रतिशत पुर्याएको थियो। दक्षिण एसियाको यस वर्ष औसत आर्थिक वृद्धि ५.८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो वर्षको ६.६ प्रतिशत भन्दा कम हो।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया