खाडी मुलुक जाने नेपाली श्रमिकको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १७ गते
खाडी मुलुक जाने नेपाली श्रमिकको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
AdvertisementAds

मध्यपूर्वमा बढ्दो युद्धजन्य अवस्था र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले खाडी क्षेत्र र प्रभावित मुलुकतर्फ जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रक्रिया अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ। पछिल्ला दिनमा इजरायल, अमेरिका र इरानबीच चर्किएको द्वन्द्व र इरानले क्षेत्रीय रूपमा अमेरिकी सैन्य संरचनामाथि जवाफी आक्रमण सुरु गरेपछि सुरक्षा स्थिति अझ जटिल बनेको छ।

विशेषगरी युनाइटेड अरब इमिरेट्स, कतार, ओमान, र कुवेत जस्ता मुलुकमा सुरक्षा सतर्कता उच्च भएका कारण त्यहाँ कार्यरत वा जाने तयारीमा रहेका नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्न सरकारले सक्रिय कदम चालेको हो। यसैअनुसार, अर्को सूचना जारी नभएसम्म कुनै नयाँ श्रम स्वीकृति प्रदान गरिने छैन। साथै, पहिले नै विमानस्थल पुगिसकेका श्रमिकहरूलाई समेत घर फर्किन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स