राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री शालेन्द्र (बालेन) शाह संसदमा अनुपस्थित भएको विषयमा कडा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले जनताप्रतिको उत्तरदायित्व संसदमार्फत खोजिने भएकाले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका हुन् ।
सांसद शाहीले नीति तथा कार्यक्रम सरकारको दिशा, राज्यको प्राथमिकता र जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज भएकाले यसको छलफल र जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने संसदीय अभ्यास रहेको उल्लेख गरे । उनले प्रधानमन्त्री संसदमा अनुपस्थित रहनु लोकतान्त्रिक मूल्य र संसदीय परम्पराविपरीत भएको टिप्पणी गरे ।
उनले अघिल्लो संसद्मा रास्वपा र राप्रपाले विरोधस्वरूप संसद अवरोधदेखि रिबन बाँध्ने कार्यसम्म गरेको स्मरण गराउँदै अहिलेको अवस्था पनि संसदको गरिमासँग जोडिएको विषय भएको बताए । “यो केवल विपक्षीको मुद्दा होइन, सभामुख र समग्र संसदको अस्तित्वसँग जोडिएको प्रश्न हो,” उनले भने ।
प्रधानमन्त्री अत्यन्त अस्वस्थ हुँदा वा विदेश भ्रमणमा रहेका अवस्थामा मात्र अर्को मन्त्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै शाहीले प्रधानमन्त्री सिंहदरबारमै रहेर पनि संसदमा अनुपस्थित हुनु अस्वीकार्य भएको बताए ।
उनले व्यंग्यात्मक शैलीमा भने, “‘प्रधानमन्त्री सिंहदरबारमा बसिरहनु भएको छ कालो चश्मा लगाएर, संसदमा हामीले जवाफ खोजिरहेका छौं, कि त उहाँले भन्न सक्नु पर्छ उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन ।’”

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया