राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो समसामयिक राजनीतिक विषयहरूबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।
दिउँसो साढे ३ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। सम्मेलनमा पछिल्लो समयको राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा बैठकको बहिष्कार, रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन कार्यविधि लगायतका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिनेछ।
रास्वपाले हाल पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भन्दै त्यसको विरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गर्दै आएको छ। यही सन्दर्भमा सो अभियानबारे पनि पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको छ।



















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)
प्रतिकृया