पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गर्न लागेकी छन्। हालै नेकपा एमालेले उनको सक्रिय राजनीतिक भूमिकामा ‘ब्रेक’ लगाउने निर्णय गरेपछि भण्डारीले पत्रकार सम्मेलनमार्फत आफ्नो आगामी कदमबारे स्पष्ट पार्ने तयारी गरेकी हुन्।
गत असार १४ गते, ७४ औं मदन जयन्तीको अवसरमा उनले सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी थिइन्। तर, गत मंगलबार राति सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले उनको पुनरागमनलाई रोक्ने निर्णय गर्दै पार्टी सदस्यता नवीकरणमै प्रतिबन्ध लगायो। यो निर्णयपछि भण्डारीले आफू राजनीतिक र कानुनी रुपमा प्रतिवादको तयारीमा रहेको संकेत दिएकी छन्। पत्रकार सम्मेलनमा उनले आफ्ना निकटस्थ नेता–कार्यकर्ताहरूलाई पनि आमन्त्रण गरेकी छिन्।
भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीबाट निर्णय गराएर आफूलाई रोक्न खोजेको भन्दै काउन्टर रणनीति तयार पारेकी छन्। उनी पछि नहट्ने अडानमा कायम रहेको उनले स्पष्ट पारिसकेकी छन्। उता, एमालेको उक्त निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र नेता कर्ण थापाले असहमति जनाएका छन्। हाल उनी पक्षधर नेताहरूले विभिन्न राजनीतिक विकल्पबारे आपसमा परामर्श गरिरहेका छन्।



















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)
प्रतिकृया